‘अहिले काँग्रेसको सरकार भएको भए तथानाम आरोप लगाइन्थ्यो, सडक आन्दोलन हुन्थ्यो’

Advertisement

काठमाडौंः काँग्रेसका नेता नारायण खड्काले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलगत्तै भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको भ्रमण हुन आवश्यक नरहेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लवमा सोमबार उनले हतारिएर मोदीले नेपाल भ्रमण गर्नु जरुरी थिएन भने ।

नेता खड्काले मोदीको भ्रमणले आगामी दिनमा कस्तो परिणाम दिन्छ ? त्यो भने हेर्न बाँकी रहेको बताए । मोदीले व्यक्तिगतरुपमा सम्बन्ध सुधार्नतर्फ लागेको आभाष भएको उनले बताए ।

खड्काले थपे, “मोदीजीले आफू पहिलो पटक निर्वाचित प्रधानमन्त्री भएपछि सार्क राष्ट्र प्रमुखहरुलाई सपथग्रहणमा बोलाउनुभयो । सन् २०१५ को डिसेम्बरमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई जन्मदिनको शुभकामना दिन अफ्गानिस्तानबाट सिधै लाहोर पुगेका थिए । त्यस्तै, ब्रिक्समा पुटिन, सि जिनपिङलाई मोदी जवारी कोट दिए ।” त्यति मात्रै नभएर मोदीले पछिल्लोपटक चिनियाँ राष्ट्रपतिसँग एक्लाएक्लै अनौपचारिक भेटवार्ता गर्नु पनि उनको त्यो व्यक्तिगत सम्बन्ध सुधार्ने प्रयास नै भएको उनको भनाई छ ।

नेता खड्काले मोदी सन् २०१९ को निर्वाचपछि प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाल आएको भए राम्रो हुने थियो भनेर तर्क गरे । उनले भने, “भ्रमणहरु आदानप्रदान भैरहन्छन । तर यसको सामाजिक, आर्थिक तथा अन्यरुपमा सकारात्मक असरहरु पर्नुपर्यो । त्यो ठूलो कुरा हो ।”

मोदीले यसपटकको नेपाल भ्रमण जनकपुरबाट सुरु गर्दा उनको मधेसप्रतिको अप्रत्यक्ष सद्भाव छ भन्ने कुराको पुष्टि गरेको नेता खड्काको भनाई छ । उनले अहिलेको सरकारले सीमा विवाद, भारतीय सुरक्षाकर्मीद्धारा सीमामा हुने ज्यादती, भारतसँग भएको व्यापार घाटा लगायतका समस्याहरुको समाधान गरेको भए धेरै राम्रो हुनेथियो भन्ने धारणा राखे ।

खड्काले भने, “पञ्चेश्वरको डिपिआरको टुँगो यही मौकामा गर्न पाएको भए राम्रो हुन्थ्यो ।” उनले अब नेपालको कुटनीतिक क्षमता टेष्ट हुने बेला आएको पनि बताए । उनले भने, “मोदी र सिबीच रणनैतिक मुद्दामा समान धारणा बनाएर जाने सहमति भएको छ । ट्रान्स हिमालय इकोनोमिक कोरिडोरबाट नेपालले फाइदा लिनसक्ने क्षमता बनाउनुपर्छ । चीन र भारत दुवैलाई कन्भिन्स गरेर हाम्रो हितमा ल्याउनुपर्छ ।”

भ्रमणको दौरान २ नम्बर प्रदेशको मुख्यमन्त्री लालबाबु राउतले संविधानप्रति राखेको धारणामा उनको असहमति थियो । खड्काले भने, “यो स्वाभिमानी नेपालीले बोल्ने कुरा होइन ।” मोदीको भ्रमणका क्रममा सुरक्षा नाममा भारतीय सेना खुल्लम खुल्ला प्रवेश गरेको बताउँदै उनले आफूहरु भ्रमणमा जाँदा कागजजात माग्ने गरेको स्मरण गराए ।

खड्काले थपे, “यदि काँग्रेसको सरकार भएको भए र यी काम गरेको भए अहिले काँग्रेस लम्पसार पर्यो भनेर सडकमा आन्दोलन हुन्थ्यो र आरोपहरु लगाइन्थ्यो । तर हामी उत्ताउला भएर व्यवहार देखाउँदैनौं ।”

Advertisement

Advertisement

Advertisement