रुस विश्वकपका लागि जमर्नीले छान्यो २७ खेलाडी

Advertisement

एजेन्सीः अबको एक महिनापछि रुसमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिता खेल्नको लागि जमर्नीले २७ सदस्यीय टोलीको घोषणा गरेको छ । केही चर्चित अनुहारबिनानै जमर्नीले विश्वकपको लागि टोलीको घोषणा गरेको हो ।

जमर्नीले घोषणा गरेको टोलीबाट पछि केही परिवर्तन गर्न मिल्ने गरि २७ खेलाडी घोषणा गरेको छ । यस्तै जमर्नीको नयाँ टोलीमा सन् २०१४ मा विश्वकप उपाधि जिताएका मारिओ गोटेज भने परेका छैनन् ।

जर्मनका चर्चित र उत्कृष्ट गोल रक्षक नुयर भने सेप्टेम्बरदेखि चोटका कारण मैदान बाहिर भएपनि टोलीमा अटाएका छन् । साथै, म्यानुयल नुयरसँग गोल रक्षकमा उनीसँगै बेन्र्ड लिनो, मार्क आन्द्र र केविन ट्राप्प रहेका छन् ।

डिफेन्समा जेरोमी बोएट्ङ, माथिएस गिन्टर, जोनास हेक्टर, म्याट्स ह्युमेलस् जोशुए किमिच, मार्विन प्लोटेनहाईट, एन्टोनिया रुडिगर, निक्लास सुली र जोनथन टाह रहेका छन् ।

टोलीको मिडफिल्डमा जुलियन ब्रान्डट्, जुलियन ड्रेक्सलर, लिओन गोरेट्स्का, इलकाइ गुण्डोगान, सामी खेडिरा, टोनी क्रस, मेसुट ओजिल, सोबास्टियन रुडी र लिरोय साने रहेका छन् ।

साथै, टोलीको फर्वाड लाइनमा मारियो गोमेज, थोमस मुलर, निल्स पिटरसन, मार्को रुइस र टिमो वार्नरलाई छानिएको छ ।

Advertisement

Advertisement

Advertisement