सन्दीप लामिछानेले लर्ड्समा आइसीसीको ‘वल्र्ड ११’बाट वेस्टइन्डिजविरुद्ध खेल्ने

Advertisement

काठमाडौंः नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आइसीसीले छनोट गर्ने ‘वल्र्ड ११’ मा परेका छन् । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली डेयरडेभिल्सबाट खेलीरहेका युवा क्रिकेटर उनले वेष्ट इण्डिजविरुद्ध आइसीसीको टोलीबाट खेल्ने टोलीमा परेका हुन् ।

उक्त खेल मे ३१ मा लर्डसमा हुनेछ । आइपीएलमा दिल्लीले २० लाख भारुमा आब गरेपछि सन्दीपको चर्चा विश्व भर चुलिएको थियो । बंगलादेशका सकिल अल हसनले ‘वल्र्ड ११’को टोलीबाट नाम फिर्ता लिएपछि सन्दीपको टोलीमा अटाएका हुन् ।

सन्दीपले मौका पाएपछि उनका लागि र नेपालका लागि यो ऐतिहासिक खेल हुनेछ ।
टोलीको कप्तानमा इयान मोर्गान रहेका छन् । यस्तै तमिक इकवाल, साहिद अफ्रिदी, दिनेश कार्तिक, रासिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची पनि सामेल छन् ।

Advertisement

Advertisement

Advertisement