‘एमाले माओवादीबीचको एकता नयाँ युगको नयाँ मोड’

Advertisement

काठमाडौंः नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका दुई कम्युनिस्ट पार्टिबीच हुन लागेको एकता समृद्ध नेपाल निर्माणको यात्रा भएको बताएका छन् । मदन स्मृति भवन बल्खुमा भएको कार्यक्रममा ओलीले एमाले र माओवादीबीचको पार्टि एकता नेपालको भविष्यमा आधारित भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बाम एकताले नेपाललाई नयाँ युगमा प्रवेश गराएको नयाँ मोड भएको बताए । उनले दुई पार्टि मिलेको मात्र नभई आर्थिक, राजनीतिक र सांस्कृतिक मिलन भएको बताए ।

पार्टि एकतामा कसको कति सदस्य भनेर हिसाव नहुने भन्दै उनले संख्यात्मक भन्दा गुणत्मक हिसावको एकताको खाचो रहेको बताए ।

Advertisement

Advertisement

Advertisement