वर्षको ‘पल्सर स्पोर्टस अवार्ड’मा क्रिकेटको वर्चश्व, सन्दीप बने उत्कृष्ट युवा खेलाडी

Advertisement

काठमाडौंः वर्षको ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’को उत्कृष्ट युवा खेलाडीको अवार्ड क्रिकेटर सन्दीप लामिछानेलाई प्रदान गरिएको छ । विहीवार आर्मी अफिर्सस क्लब, भद्रकालीमा आयोजना गरिएको अवार्ड कार्यक्रममा वर्षको उत्कृष्ट युवा खेलाडीको उपाधि सन्दीपलाई प्रदान गरिएको हो ।

सन्दीपले क्रिकेटका दिपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, बक्सिङका पुनम रावल र जुडोकी ममता प्रधानलाई पछाडी पार्दै उत्कृष्ट युवा खेलाडीको आवर्ड हात पारेका हुन् । उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रशिक्षक जगत टमाटाले जितेका छन् ।

उनले क्रिकेटकै विनोद दास। फुटबलका छिरिङ लोप्साङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्त कुमारलाई पछाडी पार्दै अवार्ड हात परे । यस्तै क्रिकेटका करण केसीले विशेष अवार्डको उपाधि उचालेका छन् ।

फुटबलका अशोक केसीले लाइफ टाइम एचिभ्मेन्ट अवार्ड पाएका छन् । अवार्डमा क्रिकेटका खेलाडीले र प्रशिक्षकले वर्चश्व जमाएका छन् । क्रिकेटका सन्दीप, करण र प्रशिक्षक जगत टमाटले अवार्ड पाएका छन् ।

अन्य खेलमा फुटबलका अशोकले मात्र अवार्ड पाउन सफल भए ।

Advertisement

Advertisement

Advertisement