आइपीएलमा दोस्रो खेल खेल्दै सन्दीप, धोनीविरुद्ध बलिङ गर्ने

Advertisement

काठमाडौंः नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्लीका लागि आज आफ्नो दोस्रो खेल खेल्दै छन् । दिल्लीले प्रतियोगितामा आफनो १३औं खेलमा चेन्नई सुपर किंग्सविरुद्ध सन्दीपलाई खेलाएको हो ।

उनले आइपीएलमा डेब्यु गर्दै दिल्लीका लागि पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका थिए । उक्र खेलमा सन्दीपले पट्टेलको विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका सन्दीपले २५ रन मात्र खचिर्एका थिए ।

सन्दीपले आफनो पहिलो खेलमा दिल्लीका प्रशिषक र खेलाडीलाई बलिङले प्रभावित पारेका थिए । १२ खेलमा ३ खेल मात्र जितेको दिल्ली अंक तालिकाको पुछारमा रहेर पहिलो चरणबाटै बाहिरीसकेपनि सन्दिपले आफूलाई प्रमाणित गर्ने मौका भने पाएका छन् ।

Advertisement

Advertisement

Advertisement