जापानी नागरिकद्वारा झापाका १२ विद्यालयमा करोडौँका भवन

Advertisement

झापाः झापा भद्रपुरका डा राजीव खनाल २०४९ साल तत्कालीन युगोस्लाभिया गएका थिए । उनि जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर कामको सिलसिलामा युगोस्लाभिया पुगेका थिए ।

जतिबेला युगोस्लाभियामा युद्ध चलिरहेको थियो, त्यतिबेला उहाँ घाइतेको उद्धार र उपचारका लागि खटिनुभएको थियो । ते¥ह वर्ष युगोस्लाभिया रहँदा उहाँले शरणार्थीको क्षेत्रमा पनि काम गर्न भ्याउनुभयो । जापान टिम अफ यङ ह्युमन पावरले कम्बोडियामा ३५० विद्यालयमा भवन निर्माण गरेको देखेपछि उनले सो संस्थालाई नेपालमा पनि शिक्षा क्षेत्रमा सहयोग पु¥याउन आग्रह गरे । फलस्वरुप सो संस्थामा आबद्ध जापानी नागरिकले अहिले झापाका एक दर्जनभन्दा बढी विद्यालयलाई करोडौ रुपियाँको भवन निर्माण गरिदिएका छन् । डा राजीव अहिले सो संस्थामा नेपालका लागि ‘कोअर्डिनेटर’का रुपमा अहिले पनि आबद्ध छन् ।

भद्रपुरमा रहेको घनश्याम स्मृति प्रतिष्ठानमा समेत आबद्ध उहाँ भद्रपुरका शिक्षासेवी घनश्याम खनालका छोरो हुनुहुन्छ । बुबाको निधनपछि स्थापित सो प्रतिष्ठानले सो जापानी संस्थासँग सहकार्य गर्दै झापाका विभिन्न विद्यालयमा भवन निर्माण गर्दै आएको छ ।

प्रतिष्ठानका सदस्य डा खनालले सो संस्थासँग सहकार्य गरेपछि सन् २०११ देखि झापाका विभिन्न विद्यालयमा वर्षेनी भवन निर्माण कार्य हुँदै आएको छ । सन् २०११ मा सो संस्थाका अध्यक्ष मादाम ओसनामले झापाको भ्रमण गरेपछि पहिलो वर्ष तत्कालीन शान्तिनगर गाविसमा रहेको राष्ट्रिय विजय माविमा भवन निर्माण गरिएको थियो ।

त्यस्तै, भानु माविमा पनि सोही वर्ष विद्यालय भवन निर्माण थालिएको बताए । “मैले लामो समयसम्म जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर काम गरेको धनश्याम स्मृति प्रतिष्ठानका सदस्य डा खनालले बताए । त्यो बेला कम्बोडियामा विद्यालय भवन निर्माण गरेको देखेको थिएँ । उनीहरुलाई मेरो देशमा पनि शिक्षा क्षेत्रको विकासका लागि केही सहयोग गर्नुहोस् भनेको थिएँ । फलस्वरुप आज उनिहरु नेपालमा आएर यसरी शिक्षा क्षेत्रको वृद्धिमा उल्लेख्य योगदान पु¥याउँदै आएका छन् ।

अहिले सो संस्थामार्फत निर्मित झापाका विद्यालय भवन उनीहरुकै नाममा छन् । जापानी नागरिकले बनाइदिएका सबै भवनमा ‘ड्रिम’ लेखिएको छ । अहिले झापाका नौ विद्यालयमा पक्की भवन निर्माण गरिएको छ भने तीन वटा विद्यालयमा ट्रष्ट बनाइएको छ ।

Advertisement

Advertisement

Advertisement