एक सेमिनारमा भाग लिन बलिउडका फिल्म निर्देशक सुभास घई आउँदै

Advertisement

काठमाडौंः चलचित्र निर्माण, वितरण र प्रदर्शनसँगै फिल्म एजुकेसनलाई विकाच गर्न राजधानीमा काठमाण्डौमा फिल्म एण्ड मिडिया नलेज सेमीनारको आयोजना हुने भएको छ । कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको विस्लीङ उड ईन्टरनेस्नलको संयुक्त आयोजनामा हुने सेमिनारमा चर्चीत बलिउड निर्देशक सुभास घई नेपाल आउने भएका छन् ।

उनी विस्लीङ उडका फाउण्डर चेयरमेनकारुपमा नेपाल आउन लागेका हुन् । घईले नै नेपाली अभिनेत्री मनिषा कोइरालालाई १९९१ मा चलचित्र सौदागरबाट बलीउडमा ईन्ट्री गराएका थिए ।

वर्कशप बिशेष गरी मिडीया नलेज, मोवाईल फिल्म मेकिङ्ग, स्कृप्ट राईटिङ्ग र फेसन डिजाइनमा केन्द्रीत हुने बताइएको छ । यही वर्कशपको लागी मुम्बईबाट निर्देशक घईसँगै अन्य विद्याका विज्ञहरु स्कृप्ट राईटर अन्जुम राजाबली, फेसन डिजाईनर, निशा चन्दा, फिल्म मेकर रवीया नाज्की तथा मुक्ता आर्टस्का मेनेजीङ डिरेक्टर राहुल पुरी र नेपालबाट फिल्म डिरेक्टर तथा मिडीया पर्सनालीटी दिनेश डिसी हुनेछन ।

यही जेठ २० गते काठमाडौंमा सञ्चालन हुने वर्कशपले नेपाली फिल्म, फेसन र मिडीयालाई अझ बढी बिस्तारीत र शिक्षीत बनाउने विश्वास लिएको आयोजकले बताएको छ ।

Advertisement

Advertisement

Advertisement