नयाँ बर्ष अफरको बिजेतालाई सिजीले दियो एलइडी टिभी उपहार

Advertisement

काठमाडौंः नयाँ वर्ष २०७५ सालको अगमनसँगै सिजीले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ल्याएको उपहार योजनाको विजेतालाई ३२ इन्चको एलइडी टिभी उपहारस्वरुप प्रदान गरेको छ ।

सिजी इलेक्ट्रोनिक्सले नयाँ बर्षलाई लक्षित गरी ल्याएको यस अफरअन्तर्गत आफ्नो आधिकारिक फेसबुक पेजमा सबैभन्दा बढि लाइक गर्नेलाई उपहार दिने घोषणा गरेअनुसार धरानकी सिर्जना शाक्यलाई एलइडी टिभी प्रदान गरिएको हो ।

युनाइटेड वर्ड ट्रेड सेन्टरमा रहेको सिजीको ब्राण्ड शोरुमा एक कार्यक्रम आयोजना गरि आइतबार सिजीका ब्राण्ड म्यानेजर दिवाकर नगरकोटीले शाक्यलाई टिभी प्रदान गरे । सोही पुरस्कार वितरण कार्यक्रममा नगरकोटीले नजिकिदो विश्वकप फुटबलमा पनि अझै यो भन्दा नयाँ कार्यक्रम गर्ने बताए ।

वैशाख महिनाभरि सञ्चालित यस रोचक अभियानमा १३५ जनाभन्दा बढी सहभागी हुनैका साथै सिजीका घरायसी सामग्रीहरुको बिक्री पनि उत्साहजनक भएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement