क्रिकेटर ज्ञानेन्द्र मल्ल इसेवाको ‘ब्राण्ड एम्बासडर’

Advertisement

काठमाडौंः नेपालो पेमेन्ट गेटवे सेवा इसेवाले नेपाली क्रिकेटका उपकप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो ब्राण्ड एम्बासडर बनाएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी एफवान सफ्टका विश्वास ढकाल र क्रिकेटर ज्ञानेन्द्र मल्लले सो सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

इसेवाले ज्ञानेन्द्रलाई एक बर्षका लागि आफ्नो ब्राण्ड एम्बासडर बनाएको हो । के कति रकमको सो सम्झौता भएको हो ? भन्नेबारे इसेवाले केही खुलाउन चाहेन । सम्झौतापछि ज्ञानेन्द्र मल्लले क्रिकेटले पाउनुपर्ने सहयोग र प्रोत्साहन पाएको भन्दै यसमा फुलटाइम लाग्नेसक्ने अवस्था आएको बताए ।

उनले क्रिकेटको विकासमा इसेवा जस्ता कर्पोरेट हाउसहरुको सहयोग अझै बढाउँदै लैजानुपर्ने पनि बताए । ज्ञानेन्द्रले क्रिकेटलाई योगदान गर्दै आएको भन्दै इसेवालाई धन्यवाद पनि दिए ।

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत विश्वास ढकालले क्रिकेटलाई सहयोग गरेर यसलाई उत्कर्षमा पुर्याउने आफूहरुको लक्ष्य रहेको बताए । उनले क्रिकेट र इसेवालाई पर्यायवाची बनाउने पनि बताए ।

इसेवाका प्रमुख अपरेटिङ अफिसर रोशन लामिछानेले आफूहरुले सन् २०११ देखि नै क्रिकेट क्षेत्रलाई सहयोग गर्दै आएको भन्दै यो आवद्धतालाई अझै बढाउने बताए ।

Advertisement

Advertisement