‘विश्व ११’ बाट लर्डस्मा वेष्ट इण्डिजविरुद्ध खेल्न सन्दीप बेलायत तिर लागे

Advertisement

काठमाडौंः सन्दीप लामिछाने लर्डसमा हुने वेष्ट इण्डिजविरुद्ध टी ट्वान्टी प्रतियोगिता खेल्नका लागि बेलायत प्रस्थान गरेका छन् । आइसीसीको टोली ‘विश्व ११’ मा छनौट भएका उनले वेष्ट इण्डिजविरुद्धको खेलमा मौका पाए त्यसलाई सहि सदुपयोग गर्ने बताएका छन् ।

सन्दीपले आइपीएल र विश्व ११ बीचमा धेरै फरक भए पनि मैदानमा हुने खेल फरक नहुने बताए । देशका लागि खेल्दा गर्व लाग्ने र केही प्रेसर महसुश हुने भनाई छ सन्दीपको । खेल मे ३१ मा बेलायतको लर्डसमा हुनेछ ।

बंगलादेशका सकिल अल हसनले व्यक्तीगत कारण विश्व ११ बाट नाम फिर्ता लिएपछि उनको ठाँउमा सन्दीपले मौका पाएका हुन् । उक्त खेल सन्दीप र नेपालका लागि ऐतिहासिक हुनेछ ।

केही समय अघि मात्र आइपीएल खेलेर नेपाल फर्किएका सन्दीपले उत्कृष्ट खेलाडीसँग खेल्न पाएकाले क्रिकेटका लागि आवश्य अनुभव पाएको बताए । उनले आइपीएमा दिल्ली डेयर डेभिल्सका लागि तीन खेल खेल्दै ८२ रन खर्चेर ५ विकेट लिएका थिए ।

Advertisement

Advertisement

Advertisement