फोरम सरकारमा छिर्यो, यादव स्वास्थ्य र राईले शहरी विकास पाउने

Advertisement

काठमाडौंः उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट दुई मन्त्रीसहित शुक्रबारबाट सरकारमा छिर्ने भएको छ । आजै फोरमका मन्त्रीहरुले सपथ लिने कार्यक्रम छ ।

फोरम नेपालबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्‍य मन्त्री र मोहम्मद इस्तियाक राईले सहरी विकास मन्त्रीको सपथ लिने करिव निश्चित भएको छ ।

लामो समयदेखि सरकारमा छिर्ने फोरमको प्रयास बल्ल सफल भएको हो । संविधान सशोधन गर्ने शर्तमा फोरम केन्द्रीय सरकारमा प्रवेश गरेको छ भने प्रदेश नं. २ मा राष्ट्रिय जनता पार्टीसँग मिलेर सरकार बनाएको फोरमले राजपालाई हटाएर नेकपासँग मिलेर सरकार बनाउने भित्री तयारी पनि गरिरहेको छ ।

फोरम सरकारमा जाने भएपछि अब सरकार बाहिर दुई दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी मात्रै विपक्षमा रहने भएका छन् । फोरमबाट दुई मन्त्रीले सपथ लिने भएपछि ओली मन्त्रिपरिषद् २४ सदस्यीय भएको छ । फोरमबाट जाने एक राज्यमन्त्रीको भने टुंगो लागिसकेको छैन।

Advertisement

Advertisement

Advertisement