कर्णालीलाई देशकै धनी प्रदेश बनाइने

Advertisement

सुर्खेतः नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले कर्णालीलाई मुलुककै धनी प्रदेश बनाउने अठोट लिएको बताएका छन् ।

आज प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले गरिबीको उपमा पाएको यो प्रदेशलाई १० वर्षपछि देशकै धनी बनाउने अठोटका साथ लागि परेको बताए । “संघीय सरकारले आर्थिक विकासको जग हाल्ने बजेट ल्याएको छ, यसमा प्रदेश सरकारले आफ्नो बजेट ल्याउनु पर्नेछ,” पूर्वमन्त्री शर्माले भने ।

उनले भनेभयो, “स्रोतको पहिचान गर्नुपर्ने भएकाले अहिले तत्कालै कर्णाली प्रदेश सरकारको बजेट ठूलो आयतनमा आउने देखिदैन ।” यद्यपि वित्तीय सामानीकरणअनुसार संघले बजेट विनियोजन गरेको उनको भनाइ थियो ।

विकासका हिसाबले सुरुङमार्ग निर्माण पहिलो योजना रहेको उल्लेख गर्दै उनले कर्णाली र भेरी करिडोर बजेटमा रहेको, तिनको डिपिआर अविलम्ब गर्नुपर्ने काममा लाग्नुपर्ने बताए । प्रदेशको तीव्र विकासका लागि संघमा रहेर निर्वाध खट्ने वचन नेता शर्माले दिए ।

यतिबेला योजना निर्माणको चरण रहेको जनाउँदै उनले कर्णाली प्रदेशले अर्थतन्त्र चलायमान हुने योजना ल्याउने दाबी गरे । उनले भने, “संघीय सरकारबाट ऋण लिएर होस् या अन्तर्राष्ट्रिय सहयोगबाट होस्, कर्णाली प्रदेशमा पर्ने राष्ट्रिय गौरवका योजना निर्माण गरेरै छाड्छौँ ।” आवश्यक कानूनी संरचनागत समस्यालाई हल गर्न कानून छिटो आउनुपर्ने उनको तर्क थियो ।

चुनौती सामना गर्न र जनादेश पूरा गर्न पार्टी एकता भएको बताउँदै उनले भने, “जनअपेक्षा पूरा गर्न कम्युनिष्ट सरकार निकै उत्तरदायी र इमान्दार भएर मेहनतका साथ काम गर्नुपर्ने छ ।”

Advertisement

Advertisement

Advertisement