कर्मचारी सञ्चय कोषको नयाँ शाखा जनकपुर

Advertisement

जनकपुरः कर्मचारी सञ्चय कोषल जनकपुरको पेठीया बजारमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कोषका प्रशासक तुलसीप्रसाद गौतमले उद्घाटन गरेपछि शाखा औपचारिकरुपमा सञ्चालनमा आएको हो ।

जनकपुर शाखा कार्यालयले सिरहा, सप्तरी धनुषा, महोत्तरी, उदयपुर, सर्लाही, सिन्धुली, ओखलढुँगा तथा उपयुक्तता र सहजताको आधारमा आसपासका अन्य जिल्लाहरुका सञ्चयकर्ताहरुलाई समेत सेवा प्रदान गर्ने कोषले जनाएको छ ।

शाखा कार्यालयबाट विशेषतः विशेष सापटी भुक्तानी, परिचय पत्र समर्थन, फाँटवारी सँकलन लगायत सञ्चयकर्तासँग सम्बन्धित अन्य सेवा समेत प्राप्त हुने प्रशासक गौतमले बताए ।

कोषले घर सापटी, शैक्षिक सापटी र सरलचक्र कर्जा जस्ता ऋण सुविधा र सामाजिक सुरक्षण अन्तर्गत दुर्घटना क्षतिपूर्ति, सुत्केरी स्याहार, काजक्रिया अनुदान र औषधि उपचार जस्ता सुविधा सञ्चयकर्तालाई प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement