थामखर्क विमानस्थलको धावनमार्ग मर्मत धमाधम

Advertisement

खोटाङः थामखर्क विमानस्थलको धावनमार्ग मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको धावन मार्ग मर्मत गर्न अहिले दैनिक ४० जना कामदार खटिएका छन् ।

२०७३ साल माघदेखि धावन मार्ग निर्माणको काम सुरु गरेको रौता कन्स्ट्रक्सन कम्पनीले आगामी असारसम्म सक्ने लक्ष्य राखेको छ ।अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भइरहेको कम्पनीका प्रतिनिधि सूर्यबहादुर खड्काले जानकारी दिए । २०५६ सालबाट संचालनमा आएको यो विमानस्थल मर्मत गर्नुपर्ने भएपछि २०७३ साल चैतबाट उडान अवरुद्ध भएको थियो ।

विमानस्थल मर्मतका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणले ९ करोड ३८ लाख ६८ हजार सात सय रुपियाँमा रौता कन्ट्रक्सन कम्पनीलाई मर्मतको ठेक्का दिएको हो । ठेकेदार कम्पनीले शुरुमा काममा ढिलाई गरेको भन्दै सर्वसाधारण आक्रोसित बनेका थिए ।

Advertisement

Advertisement

Advertisement