जीवनको अन्तिम क्षणमा डा. देवकोटाले पुख्र्यौली घर सम्झिएपछि गोरखा लगियो

Advertisement

काठमाडौंः वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई हेलिकप्टरमार्फत जन्मथलो गोरखा लगिएको छ । जीवनको अन्तिम क्षणमा देवकोटाले जन्मथलो जाने इच्छा गरेपछि उनलाई त्यसतर्फ लागिएको हो।

बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका देवकोटाले एकाएक जन्मथलो सम्झिएपछि उनलाई हेलिकप्टरबाट त्यसतर्फ लगिएको हो । देवकोटाको जन्मथलो पालुङटार नगरपालिका–३ बोहोरा गाँउस्थित उनको पुर्खौली घरमा पुर्याइएको छ।

देवकोटाले घरको पीढिमा बसेर सिस्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेपछि अक्सिजन सिलिण्डरसहित स्ट्रेचरमा बोकेर उनलाई घरतर्फ लगिएको हो ।

देवकोटालाई काठमाडौं ल्याइने जनाइएको छ । उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ। देवकोटालाई सघन उपचार कक्षमा सारिएपछि बाहिर उनको मृत्युका गलत हल्ला चलाइएको थियो । पुख्र्यौली घरमा पुगेका देवकोटालाई भेट्न स्थानीयको ठूलो भीड जम्मा भएको थियो ।

Advertisement

Advertisement

Advertisement