दुर्घटनामा मरेका कर्मचारीको परिवारलाई महालक्ष्मी बैंककोे सहयोग

Advertisement

काठमाडौंः महालक्ष्मी विकास बैंकको शाखा कार्यालय तुलसीपुरमा कार्यरत किसोर कुमार बडु २०७४ साल चैत्र ११ गते भएको मोटरसाइकल दुर्घटना परी भएको मृत्यु प्रति दुःख व्यक्त गर्दै बैंकले परीवार प्रति समबेदना व्यक्त गरेको छ ।

साथै, बैंकले जेठ ३० गते बैतडी शाखामा आयोजना गरेको एक कार्यक्रमकाबीच उनका परिवारलाई सात लाख रुपियाँ सहयोग गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायलेपनि व्यक्तिगत तर्फबाट २५ हजार रुपियाँ सहयोग गरेका थिए ।

उक्त रकमको चेकहरु मृतक बडुका पिता जनक बहादुर बडुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्तान्तरण गरेका थिए ।

Advertisement

Advertisement

Advertisement