राष्ट्रिय बाणिज्य बैंकका उत्कृष्ट कर्मचारी र शाखा पुरस्कृत

Advertisement

काठमाडौंः राष्ट्रिय वाणिज्य बैंकले उत्कृष्ट कर्मचारी र उत्कृष्ट शाखालाई सम्मान गरेको छ । बिहीबार आयोजित कार्यक्रममा बैंकले सर्वोत्कृष्ट कर्मचारीका रूपमा कार्यालयका मुख्य प्रबन्धक नरेशराज ओली र सर्वोत्कृष्ट शाखामा नारायणपुर, दाङलाई सम्मान गरेको हो ।

दुवैको पुरस्कार राशि रु ५०–५० हजार छ । उत्कृष्ट शाखाका लागि बैैैैैैंकका सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले शाखाका कार्यालय व्यवस्थापक खेम डाँगीलाई पुरस्कार राशि हस्तान्तरण गरे ।

त्यस्तै बैंकको उत्कृष्ट कर्मचारीका रूपमा बैंकका विभिन्न शाखाका २९ कर्मचारी पुरस्कृत भएका छन् । उनीहरूको पुरस्कार राशि रु २०–२० हजार छ भने उत्कृष्ट शाखामा १६ शाखा पुरस्कृत भएका छन् । तिनीहरूलाई वर्गका आधारमा रु १५ हजारदेखि रु ३० हजारसम्म प्रदान गरिएको थियो ।

अध्यक्ष गुरुङले सरकारी बैंक भएर पनि वाणिज्य बैंक नेपालकै उत्कृष्ट बैंकमा पर्न सफल भएको बताउँदै आगामी दिनमा यसले दिगो योजना ल्याएर थप उचाइमा पुग्ने बताए ।

Advertisement

Advertisement

Advertisement