पहिलो हाफमा अग्रता लिएको स्विडेनलाई दोस्रो हालमा जर्मनीले दुई गोल चखायो

Advertisement

काठमाडौँः पहिलो हाफको ३२औं मिनेटमा गोल गर्दै अग्रता लिएको स्विडेनविरुद्ध जर्मनीले दोस्रो हालमा दुई गोल गर्दै नकआउट चरणमा प्रवेश गर्ने आफ्नो संभावना कायमै राख्न सफल भएको छ ।

विश्वकफ फुटबलअन्तर्गत समूहचरणको दोस्रो खेलमा जर्मनीले स्विडेनलाई २१ गोलले हराउन सफल भएको हो । ११ गोलको बराबरी अवस्थामा रहेको अवस्थामा खेलको अन्तिम समय थप भएको अतिरिक्त समयको अन्तिम मिनेटमा जर्मनीका टोनी क्रुसले गोल गर्दै जर्मनीलाई जोगाउन सफल भएका हुन ।

आफ्नो संभावना कायम राख्न आज जित्नै पर्ने दबाबमा जर्मनी थियो । उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि गोल गर्न नसक्दा अन्तिमसम्म निकै दबाबमा परेको जर्मनीलाई अतिरिक्त समयको गोलले ठूलो राहत दिएको छ भने यता स्विडेनलाई ठूलै झड्का लागेको छ ।

अहिलेसम्म दुई खेलबाट जर्मनीले ३ अंक बटुलेको छ भने स्विडेनको पनि समान अंक छ । मेक्सिकोले दुई खेलमा दुवै खेल जित्दै ६ अंक बनाइसकेको छ । सन् २०१४ को विश्वकप जितेको डिफेन्डिं च्याम्पियन जर्मनी यसअघि पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको थियो ।

मेक्सिकोले शनिबार नै दक्षिण कोरियालाई पराजित गर्दै ६ अंकसहित समूहको शीर्षस्थानमा उक्लिसकेको हो । अब जर्मनी समूह चरणको अन्तिम खेल दक्षिण कोरियासँग खेल्नेछ भने स्विडेनले मेक्सिकोसँग खेल्ने भएकाले जर्मनी अन्तिम १६ मा उक्लिने संभावना बढि देखिन्छ ।

Advertisement

Advertisement

Advertisement