आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौंः आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ ।

सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठ र कुमारी बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका बैंकका शाखामार्फत आइएमई जनरलले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । उक्त कार्यक्रममा आईएमई जनरलका का प्रमुख कार्यकारी अधिकृत युगेशभक्तले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताउनु भयो ।

बैंकका सबै ग्राहक महानुभावहरुले आफूले बैकिङ सेवा लिईरहेको बैंकको शाखाहमार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्नसक्ने छन् ।

Advertisement

Advertisement

Advertisement