नलसिंहगढ बनाइदिन उर्जामन्त्रीको जापानसँग आग्रह

Advertisement

काठमाडौंः उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री वर्षमान पुन जाजरकोटस्थित नलसिंहगढ जलविद्युत आयोजना निर्माणमा सघाउन जापानी राजदूत मासामिची साईगोसँग आग्रह गरेका छन् ।

सोमबार उर्जामन्त्रालयमा भएको भेटवार्तामा पुनले उक्त आयोजना तयारी अवस्थामा रहेको भन्दै सो आयोजनाको निर्माणमा सघाउन आग्रह गरेका हुन । मन्त्री पुनले उर्जामन्त्रालयले स्वेतपत्रमार्फत १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने रणनैतिक कार्यक्रम सार्वजनिक गरेको भन्दै त्यसका लागि जापानी सहयोगको अपेक्षा राखेको बताए ।

नेपालको उर्जा क्षेत्रमा जापानको ऋण र लगानी दुवै नेपालले अपेक्षा गरेको भन्दै उनले जापानको निजी क्षेत्रलाई पनि नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी वातावरण बनाइदिन राजदूत साईगोसँग आग्रह गरे ।

भेटमा राजदूत साईगोले जापानले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दैै आगामी दिनमा उर्जा र जलस्रोतको क्षेत्रमा काम गर्न इच्छुक रहेको बताए ।

जापानले कुलेखानी–१, कुलेखानी–२ र कालिगण्डकी ए मा समेत सहयोग गरेको जानकारी दिँदै उनले आगामी दिनमा समेत उर्जा क्षेत्रमा सहकार्य गर्न जापान तयार रहेको बताए ।

Advertisement

Advertisement

Advertisement