लुप नेटवर्कसको अभियान, ‘जति इच्छा लाग्छ तिर्नुहोस, मज्जाले इन्टनेट चलाउनुहोस्’

Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कले नवीन ढंगको प्रवद्र्धनात्मक योजना सुरु गरेको छ । कम्पनीले ‘जति इच्छा लाग्छ तिर्नुहोस, मज्जाले इन्टनेट चलाउनुहोस्’ नामक योजना सञ्चालन गर्दै बजार प्रवद्र्धन अभियान अघि बढाएको हो ।

दुई सातासम्म सञ्चालन हुने यस योजनामा ७ एमबीपीएस, १२ एमबीपीएस र १८ एमबीपीएसका प्याकेजहरु खरिद गर्दा पहिलो महिना आफ्नो इच्छा अनुसार पैसा तिरे पुग्छ । त्यो पैसा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत सामाजिक संस्था न्यू नेपाल सोसाइटी सेन्टरका गरिव, असहाय, एवं टुहुरा बालबालिकाको लागि हितको लागि प्रदान गर्नेछ ।

नेटवर्कले यस योजनालाई राजधानी काठमाडौंमा मात्रै केन्द्रीत गरेको छ । सोही अवसरमा कुलेश्वर, कालिमाटी, बल्खु, टेकु, रविभवन, त्रिपुरेश्वर, भोटेबहाल, बाफल, सीतापाइला, रामकोट, आरुबारी, माकलबारी, जगडोल, नैकाप, कलंकी लगायतका स्थानमा ‘जति इच्छा लाग्छ तिर्नुहोस, मज्जाले इन्टनेट चलाउनुहोस्’ अभियान सञ्चालन गरिसकेको कम्पनीका कार्यकारी अध्यक्ष सतिश पोखरेल बताउँछन ।

उनी भन्छन्– हामी बजारमा औपचारिकरुपमा लन्चिङ नभइसकेको बेला आफ्नो प्रभावकारी उपस्थिति पनि देखाउन सकियोस भनेर सिर्जनात्मक खालको अभियान सुरु गरेका हौं । यसबाट कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व पनि निर्वाह हुन्छ र कम्पनीको सेवा पनि राम्रो विस्तार हुन्छ भन्ने हाम्रो विश्वास छ ।

करिव दुई बर्षअघिदेखि सञ्चालनमा आएको लुप नेटवर्कसले हाल काठमाडौंबाहेक चितवन, सुनसरी, धनुषा, झापा, नुवाकोटमा सेवा सञ्चालन गर्दै आएको छ । चाँडै रुपन्देहीमा पनि सेवा सञ्चालनमा ल्याउने पोखरेल बताए । कम्पनीले इन्टरनेटसँगै डिजिटल केवल टिभी सेवा पनि प्रदान गर्दै आएको छ ।

हाल दुई हजार ग्राहकलाई इन्टरनेट सेवा प्रवाह गर्दै आएको लुप नेटवर्कले यस बर्ष ग्राहक संख्या पाँच हजार पुर्याउने लक्ष्य लिएको छ । कार्यकारी अध्यक्ष पोखरेल भन्छन– हाम्रो सोच बरु ग्राहक थोरै होस । तर, सेवा राम्रो र गुणस्तरीय होस भन्ने छ । ग्राहक मात्रै बढाएर राम्रो सेवा दिन सकिएन भने त्यो कम्पनी सफल हुन सक्दैन । अहिलेका उपभोक्ता निकै सचेत भइसकेका छन् ।

लुप नेटवर्कले गुणस्तीय सेवा प्रवाह कसरी प्रवाह गर्ने ? भनेर सशक्त प्राविधिक टिम राखेर रिसर्च एण्ड डेभलपमेन्ट (आर एण्ड डी)को कामसमेत गरिरहेको छ । हाल नेपालमा ९७ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी रहेका छन् । त्यसमा झण्डै ५० प्रतिशतले इन्टरनेटको आधारभूत सेवासमेत प्रवाह गर्न नसक्ने क्षमताका छन् । करिव ८ देखि १० वटा कम्पनीको सेवा मात्रै सन्तोषजनक छ ।

Advertisement

Advertisement

Advertisement