केसीको स्वास्थ्य अवस्था गम्भीर, आइसियू चाहिने अवस्था, तर जुम्लामा छैन

Advertisement

काठमाडौं । दश दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनले अत्यावश्यक औषधिसमेत खान नमानेका कारण अवस्था जटिल बन्दै गएको हो । अहिले संक्रमणबाट बचाउन स्पेसल केयर युनिटमा राखेर निगरानी मात्र गरिएको डा. प्रवीणकुमार गिरीले बताए । ‘केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन प्रतिकूल बन्दै गएको छ, बचाउनका लागि जुनसुकै वेला आइसियू आवश्यक पर्न सक्छ,’ गिरीले भने, ‘तर, जुम्लामा तत्काल यो सम्भव छैन ।’

Advertisement

आइतबारसम्म अलिअलि बोलेका र रेस्टरुमसम्म हिँड्न सकेका केसी सोमबारबाट सिकिस्त भएको चिकित्सकको भनाइ छ । उपचारमा संलग्न चिकित्सकले सोमबार केसीको स्वास्थ्य अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेका छन् ।
केसीको स्वास्थ्य रिपोर्ट छातीको बीचभागमा अत्यधिक दुखाइ कमजोरीका कारण चक्कर लाग्ने शरीरका मांसपेशी बाउँडिने पिसाबमा किटोन बढी सेतो रक्तकोषिका क्रमिक रूपमा घट्दै रगतमा चिनीको मात्रा कम हुँदै मुटुको चाल तलमाथि मुटुले काम गर्न बन्द गर्न सक्ने अवस्था
उपचार अवस्था २४ घन्टा चिकित्सकहरू निगरानीमा ग्लुकोज लिन नमानेका कारण ग्लुकोज नभएका अन्य आइभी फ्लुडहरू दिइँदै । आवश्यकताअनुसार अक्सिजन दिइँदै ।मन्त्रालयले खटाएका चिकित्सक जुम्लामै केसीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले खटाएका चिकित्सकले भने जितसक्दो चाँडो काठमाडौंको सुविधासम्पन्न अस्पतालमा ‘एयरलिफ्ट’ गर्नुपर्ने सुझाब दिंँदै आएका छन् । उनीहरूसँग केसीले उपचार गर्न नमानेपछि जुम्लामै बसेर निगरानी गरिरहेका छन् ।आफूहरू निरन्तर केसीको निगरानीमा खटिएको डा. जीवन थापाले बताए । ‘हामी केसीको उपचारमा संलग्न चिकित्सक टोलीसँग निरन्तर सम्पर्कमा छौँ, सरसल्लाहमै केसीको उपचार भइरहेको छ,’ थापाले भने, ‘हामी केसीको स्वास्थ्यप्रति निकै चिन्तित छौँ, केसीको माग पूरा गर्नुभन्दा पहिलो कर्तव्य उनको जीवन रक्षा हो ।’वीर अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक थापा र डा. सुभाष रेग्मीलाई गत बिहीबार मन्त्रालयले जुम्ला पठाएको थियो । उनीहरूको वास होटेलमा छ ।

आजको नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement