पाँचवर्षीय रणनीतिक योजनाको खाका बनाउँदै सञ्चयकोष

Advertisement

पोखराः कर्मचारी सञ्चयकोषले आफ्नो पञ्चवर्षिय योजनाको खाका बनाउन शुरु गरेको छ । कोषको शाखाकार्यालय पोखराद्वारा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा सञ्चयकर्ताको विश्वासलाई अझ प्रगाढ बनाउँदै सेवाको प्रभावकारिता अभिवृद्धिको उद्देश्का साथ योजनाको खाका तयार गर्न लागिएको कोषले जानकारी दिएको छ ।

कार्यक्रममा कोषका प्रशासक तुलसीप्रसाद गौतमले सरकारी, सार्वजनिक संस्था, निजी क्षेत्रका साथै स्वरोजगार समेतलाई समेट्ने गरी योजना तयार भइरहेको बताए । योगदानमा आधारित निवृत्तिभरण योजना, वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर योजना, योगदानमा आधारित बृहत् सामाजिक सुरक्षा योजनाजस्ता कोषका भावी योजना रहोको पनि गोतमले जानकारी दिए ।

सञ्चयकोष पोखरा कार्यालयका प्रमुख दिलीपराज पौडेलले सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गरी सामाजिक सुरक्षाको क्षेत्रमा कोषको पहुँच र योगदानमा विस्तार गर्न कोष प्रतिबद्ध भएको बताए । नायव मुख्य अधिकृत जीवनकुमार कटुवाल र अर्जुनकुमार गौतमले पाँचवर्षीय रणनीतिले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्नकासाथै उक्त संख्यालाई वृद्धि गर्ने उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सञ्चयकर्ताले गर्ने लगानीमा सञ्चयकर्ताप्रतिको जवाफदेहिता आवश्यक हुने धारणा व्यक्त गरे । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेषनारायण पौडेल, आधिकारिक ट्रेड युनियन कास्कीका अध्यक्ष भरत भुसाललगायतले सञ्चयकर्ता र सञ्चयकोषका कर्मचारीबीच जलविद्युतलगायत अन्य संघसंस्थामा गरिने लगानीमा विभेद हुन नहुनेमा जोड दिए ।

Advertisement

Advertisement

Advertisement