मिर्मिरे माइक्रोफाइनान्सको चार लाख ५० हजार कित्ता हकप्रद बिक्री खुला

Advertisement

काठमाडौैंः मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले बुधबार देखि हकप्रदमा शतप्रतिशत सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले चार लाख ५० हजार कित्ता सेयर हकप्रदमा निष्कासन गरेको हो । प्रति कित्ता एक सय रुपियाँ पर्ने हकप्रद सेयरका लागि यहि असार २७ गते बुधबार देखि साउन २९ गते सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी चार करोड ५० लाख रुपियाँको एक सेयर बराबर एक नयाँ सेयरको अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रदमा आवेदन दिन गत जेठ १७ गतेसम्म कायम रहिआएका सेयरधनीहरुले मात्र पाउने भएका छन् ।

हाल चार करोड ५० लाख रुपियाँ चुक्ता पुँजी भएको मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको हकप्रद पछि नौ करोड रुपियाँ पुग्नेछ ।

हकप्रदमा आवेदन भर्न एनआईबिएल एस क्यापिटल लाजिम्पाट, लगनखेल, लालदरबार, पोखरा, बुटवल, बीरगन्ज, नेपालगन्ज, नारायणगढ र धनगढी तथा सी आस्वा लदागू भएका सबै वित्तिय संस्थबाट आवेदन दिन सकिने छ ।

Advertisement

Advertisement

Advertisement