पूर्व उजाधि विजेता इंग्ल्यान्डलाई आज रोक्ने रणनीतिमा क्रोयसिया

Advertisement

काठमाडौं । जारी विश्वकप फुटबलअन्तर्गत बुधबार पूर्व उपाधि विजेता इंग्ल्यान्डलाई रोक्दै फाइनल प्रवेश गर्ने दाउमा उपाधि दावेदार क्रोयसिया रहेको छ । मंगलबार भएको खेलमा बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा पुगिसकेको छ ।

विजेताले उपाधिका लागि आगामी आइतबार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। हार बेहोर्ने टिमका लागि तेस्रो स्थानका लागि बेल्जियम खेलेर सान्त्वना जित हात पर्ने अवसर हुनेछ।

सन् १९६६ को विश्वविजेता इंग्ल्यान्डले आधुनिक फुटबलमा सफलता हात पार्न सकेको छैन। सन् १९९० को सेमिफाइनलमा पुग्नु इंग्लिस टिमको ठूलो सफलता हो। क्रोएसियाको पनि उस्तै कथा छ। २० वर्षअघि सेमिफाइनलमा पुगे पनि क्रोएसियाले फाइनलमा स्थान बनाउन सकेन।

अब इंग्ल्यान्ड र क्रोएसिया दुवै टिमका लागि आधुनिक फुटबलमा इतिहास लेख्ने मौका आएको छ। विश्वकप अघिको तयारीका आधारमा दुवै टिमका प्रशिक्षकले साँचो कुरा भन्ने हो भने सेमिफाइनल पुग्नु दुवै टिमका लागि ठूलो सफलता हो। यहाँसम्म आइपुग्दा दुवैले मिहिनेत र त्याग गरेका छन्।

क्रोएसियाले नकआउट चरणका दुवै खेल पेनाल्टी सुटआउटमा जित्यो। क्रोएसियाले अन्तिम १६ मा डेनमार्क तथा क्वार्टरफाइनलमा आयोजक रसियामाथि पेनाल्टी सुटआउटमा जित निकालेको थियो। इंग्ल्यान्डले पनि विश्वकपमा पहिलो पटक पेनाल्टी सुटआउटमा जित निकाल्ने क्रममा स्विडेनलाई अन्तिम ८ को खेलमा हरायो। अब दुवै टिममा रहेका स्टार खेलाडीको काँधमा टिमलाई उपाधि नजिक पुर्‍याउने जिम्मेवारी आएको छ।

क्रोएसियाको लक्ष्य इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केनलाई रोक्नु हुनेछ। यसअघि समूह चरणमा अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीलाई रोकेको क्रोएसिया केनलाई पनि रोक्नेमा आसावादी छ। नकआउट चरणमा २ सय ४० मिनेट खेलेर अन्तिम चार पुगेको क्रोएसायको मुख्य समस्या समयमै गोल निकाल्न नसक्ने देखिएको छ। यद्यपी अहिलेसम्म ९ गोल गरेको क्रोएसियाका ८ फरक खेलाडीले गोल गरिसकेका छन्। जसले फरवार्डमाथि कम दबाब परेको थियो।

इंग्लिस टिममा सबै खेलाडी फिट छन्। प्रशिक्षक गारेथ साउथगेटका लागि उत्कृष्ट ११ खेलाडी छान्न कठिन पर्न सक्छ। फरवार्डमा अब्बल देखिएको इंग्ल्यान्डको चुनौती क्रोएसियाको मिडफिल्डरलाई रोक्ने हुनेछ। लुका मोड्रिड र इभान राकिटिकलाई रोक्न सके मात्र इंग्ल्यान्ड अघि बढ्ने देखिन्छ। त्यसलै जारी विश्वकपमा इंग्ल्यान्डको वास्तविक परीक्षा क्रोएसियाविरुद्ध हुने देखिन्छ।

सम्भावित टिम

क्रोएसिया स् डानिजेल सुवासिक, सिमे भर्साल्को, डेजन लोभ्रेन, डोमागोज भिडा, इभान स्ट्रिनिक, इभान राकिटिक, मार्सेलो ब्रोजोभिक, एन्टे रेबिक, लुका मोड्रिक, इभान पेरिसिक, मारियो मान्जुकिक

इंग्ल्यान्ड स् जोर्डन पिकफोर्ड, केल वाकर, जोन स्टोन्स, ह्यारी म्यागियुर, केइरन ट्रेइपियर, डेल अली, जोर्डन हेन्डर्सन, जिसे लिङगार्ड, एस्ले योङ, रहिम स्टलिङ, ह्यारी केन

Advertisement

Advertisement

Advertisement