राष्ट्रिय बाणिज्य बैंकको थप चार शाखा सञ्चालनमा, कुल शाखा संख्या १९९ पुग्यो

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले थप चार शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मनाङको नेस्याङ्ग ४ स्थित हुम्देमा, रौतहटको मौलापुर ५ स्थित मौलापुरमा, रौतहटकै इशनाथ २ स्थित औरेयामा र मोरङको कटहरी ३ नयाँ सञ्चालको शुभारम्भ गरेको छ ।

थप शाखासहित बैंकको कुल शाखा संख्या १९९ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले रावा बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए ।

बैंकको हाल ७२ जिल्लामा १९९ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ पुगेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैयमाससम्म बैंकले एक खर्व ५३ अर्व निक्षेप संकलन र एक खर्व १२ अर्व कर्जा लगानी गरि तीन अर्ब ८ करोड खुद मुनाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement