एनआईसी एसियाको थप दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा

Advertisement

काठमाडौंः एनआईसी एसिया बैंकले एकैसाथ दुई वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले पर्वत र बर्दियामा शुक्रबारबाट आफ्नो १२औं र १३औं शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको हो ।

बैंकले पर्वतको फलेवास नगरपालिकाको थापाठानामा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन पर्वत उद्योग वाणिज्य महासंघका अध्यक्ष केदारनाथ शर्माले गरेका थिए । बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा कविता कुँवरलाई नियुक्त गरेको छ ।

त्यस्तै बैंकले बर्दियाको बडैयाताल गाउँपालिकास्थित सितलबजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन सोहि गाउँपालिकाका आठ नम्बर वडा अध्यक्ष सुन्दरमान श्रेष्ठले गरेका थिए । बैंकले यस शाखासहित बैंकिङ सेवाको सञ्चालनको लागि धनसिंह सुनारलाई प्रतिनिधिको रुपमा नियुक्त गरेको छ ।

एनआईसी एसिया बैंकको मुलुकभर दुई सय २६ वटा शाखा कार्यालयहरु, दुई सय २१ वटा एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर र १३ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Advertisement

Advertisement

Advertisement