भोलि देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प

Advertisement

काठमाडौं । १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीको सर्मथनमा नेपाल चिकित्सक संघले सरकारलाई दबाव दिन आन्दोलनको घोषणा गरेको छ । केसीको माग जायज रहेको भन्दै संघले त्यसको समर्थनमा आन्देलनको घोषणा गरेको हो ।

आन्दोलनको घोषणा गर्दै संघले बिहीबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गर्ने जनाएको छ । डा. केसीका माग पूरा गराउन सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरु आन्दोलित भएका हुन् ।

Advertisement

Advertisement

Advertisement