शिवम् सिमेन्ट्सको ८ लाख ८० हजार कित्ता आइपीओ खुल्दै

Advertisement

काठमाडौं । शिवम् सिमेन्टले यही साउन १३ गतेदेखि आठ लाख ८० हजार कित्ता प्रिमियम सहितको प्राथमिक सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र मकवानपुरका स्थानीयहरुका लागि आइपीओ जारी गर्न लागेको हो ।

प्रति सेयर तीन सय रुपियाँ पर्ने कम्पनीको आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले एक सय रुपियाँको साधारण सेयरमा दुई सय रुपियाँ प्रिमियम थप गरी तीन सय रुपियाँ प्रति सेयरको दरमा सेयर निष्काशन गर्न लागेको हो । आइपीओमा आवेदन भर्ने अन्तिम मिती आगामी भदौ ११ गतेसम्म रहेको छ ।

गत आर्थिक वर्षमा एक अर्ब १४ करोड रुपियाँ खुद मुनाफा कमाएको कम्पनीले चालू आर्थिक वर्षमा एक अर्ब ४३ करोड र आगामी आर्थिक वर्षमा एक अर्ब ८५ करोड खुद नाफा गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रवाभित क्षेत्रका स्थानीयहरुले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा लागु भएका सबै बैंक तथा वित्तीय संस्थाहरुबाट यस कम्पनीको आइपीओमा आवेदन भर्न सक्नेछन् । कम्पनीले सेयर बिक्री तथा निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement