डा. केसीको अनसनस्थलमा गोली लागेका प्रहरी जवानको मृत्यु

Advertisement

काठमाडौं । चिकित्सा सशक्षा सुधारको माग राख्दै २० दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको उपचार भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडप हुँदा चलेको गोली लागि एक प्रहरी जवानको मृत्यु भएको छ ।

गेली लागी घाइते भएका प्रहरी जवान कमल उपाध्यायको उपचारका क्रममा मृत्यु भएको हो । डा. केसीका समर्थक र विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेपछि भएको झडपमा उपाध्यायलाई छातीमा गोली लागेको बताइएको छ ।

झडपमा प्रहरीले लाठीचार्ज, अश्रुग्याँसका साथै चार राउन्ड गोली चलाएको स्थानीयको आरोप छ । तर प्रहरीले भने आफुहरुले गोली नचलाएको दाबी गरेको छ ।

डा. केसी भने सेनाको हेलिकप्टरमा काठमाडौं आइसकेका छन् । स्थानीय र विद्यार्थी कुटिएको हेर्न नसक्ने भन्दै केसी काठमाडौं आउन तयार भएका हुन् ।

Advertisement

Advertisement