सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा सञ्चालनमा

Advertisement

काठमाडौं । सेञ्चरी कमर्सियल बैंकले बुढानिलकण्ठ नगरपालिकाको हात्तिगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । हात्तिगौंडा शाखा कार्यालयको उद्घाटन बैंकको प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले गरे ।

उक्त शाखा उद्घाटन पश्चात् बैंकको काठमाडौं उपत्यकामा १२ शाखा र छ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखा र दुई वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ सेवा गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement