आँखुखोला जलविद्युतले साउन १७ देखि ८ लाख कित्ता आइपीओ निष्कसन गर्ने

Advertisement

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले यही साउन १७ गतेबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित धादिङका स्थानीयबासिन्दालाई १० प्रतिशत आइपीओ बिक्री गर्ने भएको हो ।

कम्पनीले आठ करोड रुपियाँ बराबरको आठ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । आइपीओको आवेदन भर्ने मिती छिटोमा साउन ३१ र ढिलोमा भदौ १५ गते सम्म रहेको छ । आइपीओमा न्युनतम ५० कित्तादेखि अधिकतम चार हजार कित्तासम्म आवेदन गर्न पाईने कम्पनीले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा स्थानीयबासिन्दालाई बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपियाँको १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने छ । यसको सेयर बिक्री तथा निष्कासन प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

आइपीओ निष्कासनपछि कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रुपियाँ पुग्ने छ । कम्पनीले धादिङमा आठ दशमलव ४० मेगावाट क्षमताको आँखुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै कम्पनीले २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनामासमेत लगानी गरेको छ ।

२०७० भदौदेखि व्यावसायीक रुपमा विद्युत उत्पादन थालेको कम्पनीको कूल निमार्ण लागत दुई अर्ब ४२ करोड ७३ लाख रुपियाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने समय नौ वर्ष रहेको छ । इक्र नेपालले कम्पनीको आइपीओेलाई ग्रेड पाँच प्रदान गरेको छ ।

Advertisement

Advertisement

Advertisement