सुनुवाईका क्रममा प्रस्थावित प्रधानन्यायाधीसले साथी भनेपछि साँसदहरुको आपत्ति

Advertisement

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइ बिहीबार सकिएको छ । समितीको शुक्रबार बस्ने वैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्नेछ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीमाथि पाँच वटा लिखित उजुरी परेको थियो । समितीमा आबद्ध सदस्यहरुले आलोपालो प्रश्न सोधेको समिति सदस्य पार्वत गुरुङले जानकारी दिए ।

समितिमा केही समय प्रस्तावित प्रधानन्यायाधीश र समिति सदस्यहरुबीच भनाभन भएको थियो । सवाल जबाफका क्रममा प्रस्तावित प्रधानन्यायाधीशले समिति सदस्यहरुलार्इ साथी भनेपछि सदस्यहरुले आफू माननीय भएको प्रतिउत्तर दिएका थिए । प्रस्ताबित प्रधानन्यायाधीश जोशीले आफू पनि माननीय भएको भन्दै एउटै पद भएकाले साथी भनेको बताएका थिए ।

समिति सदस्य पुष्पा भुषालका अनुसार प्रधानन्यायाधीश नियुक्तीको बिषयमा समितिभित्र छलफल हुनै बाँकी छ । उनका अनुसार, ‘हिजो प्रस्तावीत प्रधानन्यायाधीश जोशीज्यूले उठेका उजुरी र समितिका सदस्यहरुले सोधेको प्रश्नको जबाफ मात्रै दिनुभएको हो । प्रश्नको जबाफपश्चात समितिका सदस्यहरुको बैठक बसेन । त्यसैले आज समितिभित्र छलफल गरेर सबै कुराको निक्र्र्यौल हुन्छ ।’
आजको नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement