‘मेडिकल शिक्षाका नाममा ठूलो पैसा विदेशिएको छ, यस विषयमा सरकार र केसी दुवै संवेदनशील छैनन’

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता एनपी साउदले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गर्ने कुरा अहिलेको मुद्दा नभएको बताएका छन् । रिपोर्टर्स क्लवमा शनिबार उनले भने, ‘अहिलेको मुद्दा भनेको त सबै नागरिकले शिक्षाको समान अवसर पाउनुपर्छ । सबै नेपालीहरुले आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने हो ।’

साउदले डाक्टर गोविन्द केसीले उठाएको गुणस्तरीय स्वास्थ्य शिक्षाको मागप्रति आफ्नो पार्टी विगतदेखि नै सकारात्मक रही आएको सुनाए । उनले भने, ‘डाक्टर केसीको १५ औं पटकको अनशन २७ दिनमा तोडियो । अनशन तोडिएकोमा म धन्यवाद भन्न चाहन्छु ।’

साउदले उपत्यकाभित्र वा बाहिर कहाँ मेडिकल कलेज खोल्ने कुरा भन्दा पनि तीन करोड नेपाली जनताले उपचार गर्न पाउनुपर्ने धारणा राखे । उनले भने, ‘नेपालमा अब कति वटा अस्पताल आवश्यक छ ? यो बारेमा सरकारको रोडम्याप के छ ?’

हिमाल, पहाड र तराई सबै ठाउँमा समान स्वास्थ्य सेवा पुर्याउने रोडम्याप चाहिएको साउदको भनाई छ । उनले डाक्र गोविन्द केसीसँग भएको सम्झौता अनुसारको संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विद्येयकले अहिलेको समग्र समस्याको समाधान नगर्ने स्पष्ट पारे ।

नेपालबाट चीन, भारत, पाकिस्तान, बंगलादेश र रसिया लगायतका विभिन्न देशमा ठूलो संख्यामा मेडिकल शिक्षा अध्ययनको लागि विद्यार्थीहरु विदेश जाँदा नेपालको ठूलो लगानी विदेशिएको बताउँदै उनले यसबारेमा सरकार र गोविन्द केसी दुवै पक्ष संवेदनशील बन्न नसकेको भन्दै संवेदनशील बन्न सल्लाह दिए ।

Advertisement

Advertisement

Advertisement