डिजिटल मिडियाको बर्गीकरणदेखि विज्ञापनको खास मापदण्डसहितको नयाँ कानुन आउँछः बाँस्कोटा

Advertisement

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोेकुल बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको बताएका छन् ।नेपाल पत्रकार महासंघ कास्कीले आइतबार आयोजना गरेको कार्यक्रममा उनले साना लगानीका सञ्चारमाध्यमको विज्ञापनको खास कानून निर्माणलगायत काम अघि बढेको बताए ।

डिजिटल सञ्चारमाध्यमको वर्गीकरणका साथै सामुदायिक र व्यावसायिक रेडियोको वर्गीकरण, मिडिया काउन्सिलको स्थापनालगायत काम पनि हुँदै गरेको बाँस्कोटाले जानकारी दिए । नयाँ कानुनमा जथाभावी राखिने होडिङ बोर्डको विज्ञापनलाई नियन्त्रण गर्ने कुराहरु पनि हुने जनाइएको छ ।

मन्त्री बाँस्कोटाले सञ्चारमाध्यम आलोचक हुनुपर्ने सुझाव पनि दिए । पत्रकारिताको खास मानक हुने बताउँदै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका नाममा जथाभावी आउने कुरालाई सरकारले नियमन गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement