एनआइसी एसिया र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहजरुपमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले हस्ताक्षर गरे । एनआइसी एसियाको मुलुकभर २३३ शाखा, २२२ एटिएम, १४ एक्सटेन्सन काउन्टर एवं १५ वटा शाखारहित बैंकिङ इकाइ रहेका छन् ।

Advertisement

Advertisement

Advertisement