विशेष समितिले आज पनि जोशीलाई सिफारिस गर्न सकेन, शुक्रवार बस्नेगरी बैठक स्थगित

Advertisement

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको संसदीय सुनुवाइबाट नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय आज पनि हुन सकेन ।

संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले सहमति जुटाउनका लागि थप छलफल गर्नुपर्ने भएकाले शुक्रबार बिहान १० बजे बस्नेगरी बैठक स्थगित गरिएको जानकारी दिए ।

कर्णले यसअघि सकेसम्म सर्वसम्मतीमा नभए निर्वाचनबाट भए पनि बुधबार नै प्रधानन्यायाधीसको टुँगो लाग्ने बताएका थिए । सिफारिसमा परेका कामु प्रधानन्यायाधीस दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै प्रश्न उठाइए पनि पछिल्लो समयमा उनको ती प्रमाणपत्रहरु सक्कली नै भएका तथ्यहरु बाहिरिएका छन् ।

राजनीतिकरुपमा जोशी काँग्रेसनिकट हुँदा कम्युनिष्ट पार्टीको वर्तमान सरकारलाई उनको नाम संसदीय समितिबाट सिफारिस गर्न कठिनाई भएको हो । जोशीको नाम सिफारिस नहुँदा सर्वोच्च अदालतको कामकारवाहीसमेत प्रभावित भइरहेको छ ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरु भएको थियो । बैठकमा प्रमुख विपक्षी कांग्रेसले पूर्वसांसद कृष्णकुमार जोशीको निधनको शोकमा बैठक स्थगित गर्न माग गरेको थियो ।

विशेष समितिले साउन १० गते नै जोशीको सुनुवाई गरेको थियो । त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भएका छन् । प्रमुख प्रतिपक्ष दल काँग्रेसले बैठक नबोलाए संसद बैठक नै बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक पर्सि १० बजेका लागि सारिएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement