द्धन्द्धकालमा लुटिएका जग्गा पास गराउने रणनीतिमा सरकारः पौडेल

Advertisement

दमौली, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सशस्त्र द्वन्द्वकालमा लुटिएका जग्गा पास गराउने रणनीतिमा लागेको आरोप लगाएका छन ।

तनहुँको व्यास नपा–१४ स्थित फिन नयाँ गाउँ खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बुधबार उनले माओवादी द्वन्द्वकालमा लुटेका जग्गा पास गराउने खेलमा वर्तमान सरकार लागेको छ भने ।

वर्तमान सरकारले एकपछि अर्को अराजनीतिक परिस्थितिहरू सिर्जना गर्दै गएको भन्दै पौडेलले सरकारको बल मिचाइ प्रतिपक्ष काँग्रेसलाई मान्य नहुने बताए । सो खानेपानी योजना रु १५ लाखको लागतमा सम्पन्न भएको हो । बुधबार नै काँग्रेस वरिष्ठ नेता पौडेलले तनहुँको भादगाउँ, पोखरी भञ्ज्याङलगायतका ठाउँमा कार्यकर्ता भेटघाट गरे ।

Advertisement

Advertisement

Advertisement