ग्लोबल आइएमर्इ बैंकको नाफा २ अर्ब १५ करोड, ७.५० प्रतिशतले बृद्धि

Advertisement

काठमाडौं। ग्लोबल आइएमर्इ बैंकले गत आर्थिक वर्षमा २ अर्ब १५ करोड रुपियाँ नाफा गरेको छ। बैंकको यो नाफा अघिल्लो आवको तुलनामा ७.५० प्रतिशतले बढी हो। बैंकले अघिल्लो बर्ष दुर्इ अर्ब रुपियाँ नाफा कमाएको थियो।

४ प्रतिशतले मात्रै निक्षेप बढाएको बैंकले ऋण लगानी भने। बैंकले असारसम्ममा निक्षेप संकलन ४ प्रतिशतले बृद्धि गरी एक खर्ब ६ अर्ब रुपियाँ पुर्याएको छ । यस अवधिमा बैंकको ऋण लगानी १५ प्रतिशतले बढेर ९३ अर्ब ३७ करोड रुपियाँ पुगेको छ।

बैंकको स्प्रेड दर र आधार ब्याज दर बढ्दा ब्याज आम्दानी ५५ प्रतिशतले बढेको छ । यसका साथै बैंकको ब्याज खर्च समेत सत प्रतिशत बढेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको पूँजी अघिल्लो बर्ष नै पुर्याइसकेको बैंकको जगेडा कोष भने ८९ प्रतिशतले बढेर ४ अर्ब ५७ करोड रुपियाँ पुगेको छ।

बैंकले खराव कर्जा सुधार गर्दै ०.६९ प्रतिशतमा झारेको छ। आधार व्याजदर १०.५५ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने १.५ प्रतिशत बिन्दुले बढेर ४.८६ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २४.२६ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement