कांग्रेस स्याङजा जिल्ला सभापति पंगेनीको निधन

Advertisement

भीरकोट । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ ।

पंगेनी हिजो स्याङजाको राम्दीमा आयोजित एक धार्मिक कार्यक्रममा सहभागी भएर फर्कदै गर्दा छातीमा सामान्य दुखाइ भएपछि गल्याङ स्थीत एक मेडिकलमा चेक गराएर औषधी सेवन गरेको थिए ।

स्वास्थ्यमा केही सुधार आएपछि राती ११ बजे बयरघारीमा आएर आफन्तको घरमा सुतेका पंगेनी बिहान ६ः०० बजे कोठमा अचेत अवस्थामा भेटिएका थिए ।

त्यसलगतै उनाई हेलु स्थित कालिका सामुदायिक अस्पतालमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६ः३० बजे उनको निधन भएको कांग्रसका स्थानिय कार्यकर्ता पोत प्रसाद खनालले बताए ।

नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बन्नुभएका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको खनाले बताए । एक श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आज नेपाली काँग्रेस स्याङजाको पार्टी कार्यालयमा राखिने र भोलि अन्येष्टि गरिने काँग्रेस स्याङजाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement