युनियन लाइफ इन्स्योरेन्सकोे १० महिनाको नाफा ९ करोड ३५ लाख

Advertisement

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको १० महिनामा नौ करोड ३५ लाख ९० हजार ६ सय साठि रुपियाँ कमाएको छ ।

कम्पनीको अघिल्लो आर्थिक वर्षको नाफा एक करोड २४ लाख ९० हजार रहेका थियो । कम्पनीले २०७४ साल असोजबाट व्यासायीक कारोबार थालेको थियो ।

कम्पनीको एक अर्ब ५० करोड रुपियाँ चुक्ता तथा जगेडा कोषमा नौ करोड ६७ लाख रुपियाँ रहेको छ । त्यस्तै, कम्पनीको बिमा कोषमा ३५ करोड ४६ लाख रुपियाँ र महाविपत्ति जगेडा कोषमा ९३ लाख ५९ हजार रुपियाँ रहेको छ ।

कम्पनीले ७६ करोड २२ लाख रपियाँ बीमाशुल्कबाट खुद आम्दानी गरेको छ । कम्पनीले अभिकर्ता कमिशनबापत ११ करोड १० लाख खर्च गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ८६ करोड ५० लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।

Advertisement

Advertisement

Advertisement