विरगंज महानगरपालीकाले बढाएको कर फिर्ता लियो

Advertisement

वीरगंज । वीरगंज महानगरपालीकाको बिशेष नगर सभाबाट विभिन्न कर फिर्ताको प्रस्तव गरेको पारित गरेको छ । नगर सभागृहमा भएको सभामा काँग्रेसका जनप्रतिनिधिहरुको विरोधका बावजुद कर फिर्ताको प्रस्ताव पारित भएको हो ।

सोमबार कार्यपालिकाको निर्णयलाई नगर सभामा उपस्थित एक सय ४४ सदस्यहरु मध्ये ९४ सदस्यहरुको बहुमतद्धारा पारित गरिएको प्रशासकिय प्रमुख भीष्मकुमार भूसालले बताए ।

नगरसभामा बोल्दै नगर प्रमुख विजयकुमार सरावगीले वीरगञ्जको विकासको लागि दलगत स्वार्थभन्दा माथि उठेर विकासको कार्र्यमा सबै जनप्रतिनिधिहरु लाग्नुपर्नेमा जोड दिए ।

प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भूसालले विगतमा महानगरले गुमाएको विश्वासलाई पुनस्र्थापित गराउने दायित्व माहानगरकै भएको बताए ।

चालु आर्थिक वर्षका लागि मालपाृत कार्यालय पर्साले तोकेको मुल्यंकन दर रेटमा ३० प्रतिशत घटाई शुल्क असुल्ने कर निर्धारण गरेको छ ।

यो व्यवस्थाले करका विभिन्न थप स्ल्याबहरु पारित गरी साना व्यावसायीहरुलाई राहत हुने भएको छ । संघिय सरकारले निर्देशन दिएका करहरु जस्तै वातावरण, सडक मर्मत करहरु स्थगित गरेको छ भने डन्डी तथा सिमेन्टमा लगाइएको कर खारेज गरेको छ ।

महानगरले यस अगावै नीसा पार नगरी बनाइएका घरहरुको नक्सा पार गर्ने समयावधि अन्तिम पटकका लागि २०७५ असार मसान्तसम्म रहने व्यवस्था गरेको छ । साथै यस आर्थिक वर्षमा बढी सम्पत्ति कर तिरिसकेको व्यक्तिहरुलाई आगामि आर्थिक वर्षमा मिनाह दिने निर्णय समेत गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement