ट्राफिक कारवाहीबाट ५१ लाख राजश्व

बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारवाही गरी ५१ लाख ४२ हजार रुपियाँ राजश्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम विपरीत सवारीसाधन चलाएका सात हजार आठ सय २४ चालकलाई कारवाही गरिएको थियो । यस क्रममा छ सय १५ ट्रक चालक, छ सय ४१ बस चालक, तीन हजार दुई सय ८९ कार÷जीप चालक, दुई हजार एक सय ६१ मोटरसाइकल÷स्कुटर चालक, एक हजार ९८ ट्र्याक्टर चालक तथा अन्य सवारीसाधनका २० चालक कारवाहीमा परेका हुन् ।

ss-college

सवारी दर्ता, नामसरी, सवारी चालक अनुमतिपत्र नभएका तथा अनुमतिपत्र नविकरण नगर्ने चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी प्रमुख छबबहादुर घर्तीले जानकारी दिए ।

ट्राफिक नियम पालनमा कडाइ गर्न थालेपछि राजश्व बढ्दै गएको घर्तीले बताए । आर्थिक वर्ष २०७३÷७४ मा सवारीसाधनका चालकलाई कारवाही गरी ५१ लाख १० हजार रुपियाँ राजश्व सङ्कलन गरिएको थियो । “सवारी नियम उल्लङ्घन गर्ने चालकलाई अझै कडाइ गर्छौं,” उनले भने ।