बिम्स्टेक सम्मेलनले गर्दा फर्निचर तथा फर्निसिङ एक्स्पो असोज ४ गतेलाई सारियो

Advertisement

काठमाडौं । आगामी भदौ १४ गतेदेखि हुने भनिएको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ आगामी असोज ४ गतेदेखि हुने भएको छ । एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अनुसार बिम्स्टेक सम्मेलन भदौ १४ गतेदेखि काठमाडौंमा आयोजना हुन लागेकाले एक्स्पोको मिति अगाडि सारिएको हो ।

एक्स्पोमा सहभागी हुनका लागि ९० प्रतिशत स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ ।

एक्स्पोको यस छैठौं संस्करणलाई होम डेकोरेसन विशेष बनाइने आयोजकको तयारी रहेको छ । बढ्दो आधुनिक जीवनशैलीसँग बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने संघको दाबी छ ।

एक्स्पोको मुख्य आकर्षणहरुमा किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री रहने छ । त्यसैगरी कार्पेट, पर्दा, म्याटे्रस डेकोरेशन सामग्री होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीमा राखिने आयोजकको भनाइ रहेको छ ।

असोज ४ गतेदेखि ८ गतेसम्म पाँच दिन चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय भन्दा बढी स्टलहरु रहने छन् । नेपालमा उत्पादित फर्निचर तथा फर्निसिङको प्रवद्र्धको उद्देश्यकासाथ सन् २०१२ देखि हरेक वर्ष यस्तो एक्स्पो हुँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement