गुण्डा नाइके गणेश लामाको सम्पत्तिको स्रोत खुलेन, एक बर्ष कैद सजायको घोषणा

Advertisement

काठमाडौं । गुण्डा नाइने गणेश लामालाई विशेष अदालतले एक वर्षको कैद सुनाएको छ । उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै विशेषले बिहीबार उक्त सजायको फैसला गरेको हो ।

विशेष अदालतले उनलाई एक वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाइएको छ । लामामाथी एक करोड ४० लाख ५० हजार बिगो दावी गर्दै २०७० मा विशेषमा मुद्दा दायर गरिएको थियो ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादर बागचन्दको इजलासले लामालाई एक वर्ष कैद, विगो बमोजिमको जरिवाना र सोही अनुसारको सम्पत्ति जफल हुने फैसला गरेको हो

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामासहित पाँच जना गुन्डा नाईके विरुद्ध २०७० सालमा मुद्दा दायर गरेकोमा अन्य चार जनाले सफाई पाए पनि लामाले पाउन सकेनन् । गौशालाबाट हतियारसहित पक्राउ परेको भनिएका लामा काँग्रेसका नेतासमेत हुन ।

Advertisement

Advertisement

Advertisement