फेक इन्काउन्टर हल्ला मात्र होः गृहमन्त्री

Advertisement

चितवन । भक्तपुरका बालक निशानको हत्यारा र अपहरणकारीलाई प्रहरीले समयमै निस्तेज पार्न सकेको गृहमन्त्री राम बहादुर थामा बादलले बताएका छन् ।

शुक्रबार भरतपुर विमानीथलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री थापाले निशानको हत्याराहरु प्रहरी मुठभेडमै मारीएको दाबी गरेका छन् । इन्काउन्टरको बारेमा प्रष्ट पार्दै उनले भने, ‘फेक इन्काउन्टर हल्ला मात्र हो, प्रहरीले आफ्नो दायित्व सफलतापूर्वक निर्वाह गरेको छ ।’

वर्तमान सरकारले जनताले सुम्पेको जिम्मेवारीलाई गम्भिरतापूर्वक पुरा गरिरहेको उनले दाबी गरे ।

Advertisement

Advertisement

Advertisement