नगरपालिकाको करको विरोध गर्न नागरिक समाजको गठन

Advertisement

काठमाडौं । देशभरीका उद्योगी व्यावसयीहरुले कर वृद्धिको विरोध गरिरहेको बेला तारकेश्वर नगरपालिकाको नागरिक समाज पनि नगरपालिकाले जारी गरेको करको विरोधमा उत्रिएको छ ।

नागरिक समाजको अगुवाइमा नगरपालिकाले जारी गरेको मालपोत कर, जन्मदर्ता, मृत्युदर्ता, नागरिकता सिफारिस लगायतको करको दर बढि भएको भन्दै विरोध भएको हो ।

नागरिक समाजले करको चर्को वृद्धिलाई तत्कालै खारेज गनुपर्ने माग राख्दै नगर प्रमुख रामेश्वर बोहोरा समक्ष २३ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

नगरवासीले नगरपालिकाले निम्न आय भएका जनताको ढाडै सेकाउने गरि कर वृद्धि गरेको भन्दै तिब्र आलोचना गरेका छन् । वर्षभरीनै कुनै आम्दानी नदिने पाखो जमिनको समेत कर बढाइएको भन्दै स्थानीयहरुले आक्रोश पोखेका छन् ।

नगरपालिकाले लगाएको कर तिर्नकै लागि पुर्खेनी जग्गा बेच्नुपर्ने दिन अएको भन्दैै यस्तो स्थानीय सरकार आफुहरुलाई नचाइने बताएका छन् ।

नगरपालिकाले बढाएको करको सबै मिलेर बिरोध गर्नकै लागि भनेर स्थानीयहरुले तारकेश्वर नागरिक समाज गठन गरेका छन् ।

ज्ञापन पत्र बुझाउँदै नगरबासीले नगर प्रमुलाई १५ दिने अल्टीमेटम दिएका छन् । भेटमा नगरवासीले कर फिर्ता लिने लिखित प्रतिबद्धता मागे पनि नगर प्रमुख मौन वसेको भन्दै थप आक्रोशित भएका छन् ।

नगरपालिकाले १५ दिन भित्र आफ्ना माग पूरा नगरेमा चरणबद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement