पाँच महिनाको कार्यप्रगति देखाउँदै सरकारले भन्यो- हामीले मितव्ययिता कायम गर्यौं

Advertisement

काठमाडौ । प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारले सोमबार आफूले पाँच महिनामा गरेका कामहरुको सूची सार्वजनिक गर्दै आफूले मितव्ययिता अपनाएको दावी गरेको छ ।

सरकार गठन भएपछिका गरेका कामहरुको सूचीमा सबैभन्दा अगाडि सिण्डिकेट अन्त्यलाई राखिएको छ भने सुन तस्करीमा भएको कारवाहीलाई पनि महत्वका साथ प्रस्तुत गरिएको छ । विकास निर्माणका कुराहरु भने अगाडि देखिदैन ।

असार मसान्तसम्मका गतिविधि समेटिएको उक्त प्रतिवेदनमा यातायात सिण्डकेट अन्त्य गरी देशभर नै रुट पर्मिट खुला गरिएको, सुन तस्कारमाथि कारबाही थालेर संगठित अपराधको सञ्जाल भत्काउन सफल भएको, सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने नीतिगत मार्ग निर्देशन २०७५ मार्फत मितव्ययिता कायम गरिएको, विकास निर्माणले तीव्रता पाएको, औचित्यहीन भ्रमण नियन्त्रण भएको जस्ता कुराहरु सरकारले सार्वजनिक गरेको प्रस्तकमा देखिन्छ ।

प्रगति विवरणमा ठेकेदार वा कर्मचारीको मिलेमतोमा निर्माण क्षेत्रमा ढिलासुस्ती भएको स्वीकार गर्दै यस्ता ढिला सुस्तिमाथिको कारबाहीलाई निरन्तरता र अनुगमनमा ब्यापकता ल्याएको दाबी गरिएको छ । यस्तो छ विस्तृत विवरण

सामाजिक सुरक्षा भत्ता वितरण पारदर्शी बनाएको, डुवान समस्याको दीर्घकालीन समाधान खोजिएको, जलमार्गको स्थलगत अध्ययन, लक्ष्यभन्दा बढी राजस्व संकलन भएको, विकास खर्चमा वृद्धि भएकोलगायतका कुरालाई पनि उपलब्धिको रुपमा उल्लेख गरिएको छ ।

नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबास रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सम्पन्न भएकोजस्ता कुरालाई सरकारले उपलब्धिमा राखेको छ।

Advertisement

Advertisement

Advertisement