ज्योति विकास बैंक र देवः विकास बैंकबीच रेमिटेन्स सम्झौता

Advertisement

काठमाडौं । ज्योति विकास बैंक र देवः विकास बैंकबीच आइतबार रेमिटेन्स सम्झौता भएको छ ।

सम्झौतामा ज्योति विकास बैंककातर्फबाट प्रमुख कार्यकारी अािधकृत गोविन्दप्रसाद ढकाल र देवः विकास बैंककातर्फाबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ज्योति विकास बैंकको ज्योति रेमिट सेवा देवः विकास बैंकका सम्पूर्ण शाखाहरुबाट सञ्चालन गरिने भएको छ ।

हाल ज्योति विकास बैंकको कुल ६० वटा शाखा र देवः विकास बैंकको कुल ५१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement